दफा २९
कूत तिर्ने सम्बन्धी व्यवस्था
(१) संस्थानलाई कूत तिर्नु पर्ने गुठी जग्गाको मोहीले सरकारी रैकर जग्गाको मोहीले कूत तिर्ने याम समयसम्ममा संस्थानलाई गुठी जग्गाको मोहीले कूत बुझाउनु पर्नेछ । सो म्यादभित्र कूत नबुझाएमा त्यस्तो मोहीको मोहियानी हक संस्थानले समाप्त गर्न सक्नेछ ।
तर संस्थानले आवश्यक देखेमा दुई महिनासम्म कूत बुझाउन म्याद थप गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम मोहियानी हक समाप्त भएकोमा चित्त नबुझ्ने मोहीले पैतीस दिनभित्र नेपाल सरकारसमक्ष उजूर गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम पर्न आएको उजूरीमा नेपाल सरकार ले गरेको निर्णय अन्तिम हुनेछ ।
(४) उपदफा (१) बमोजिम मोहियानी हक समाप्त भएको जग्गाको बाँकी कूत साविक मोहीबाट सरकारी बाँकी सरह संस्थानले असुल–उपर गर्न सक्नेछ ।
(५) संस्थानलाई बुझाउनु पर्ने कूत मिन्हा गर्ने सम्बन्धमा प्रचलित नेपाल कानुनबमोजिम हुनेछ ।